गोली प्रहारपछि दुई लागुऔषध कारोबारी पक्राउ, एक भारतीय नागरिक घाइते

काठमाडौँ । प्रहरीले काठमाडौंको कुलेश्वर क्षेत्रमा गोली प्रहार गरी दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आइतबार कुलेश्वर पुल नजिक उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा दुई राउन्ड गोली चलाएको थियो। गोली लागेर भारतीय नागरिक घाइते भएका छन्। ब्युरोका एक अधिकारीका अनुसार लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा बाध्य भएर गोली चलाउनुपरेको हो। घाइते भारतीय नागरिकको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका दुवै जनाको साथबाट ठूलो परिमाणमा औषधिजन्य लागुऔषध बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Back To Top
Modern Footer Design