र्जेन्टिनालाई पराजित गर्दै स्पेन १६ वर्षपछि विश्वकप च्याम्पियन

अमेरिका । स्पेनले अर्जेन्टिनामाथि १–० को कठिन जित निकाल्दै फिफा विश्वकप २०२६ को उपाधि आफ्नो नाममा गरेको छ।

अमेरिकाको न्यु जर्सी स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनल खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोल नै स्पेनको जितको आधार बन्यो। निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्नुपरेको थियो। त्यसपछि १० खेलाडीमा सीमित भएको अर्जेन्टिनामाथि स्पेनले दबाब बढाउँदै अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै गोल गर्दै उपाधि सुनिश्चित गर्‍यो।

सम्पूर्ण खेलमा बल नियन्त्रण र आक्रमणमा स्पेन हाबी देखिएको थियो। सन् २०१० पछि पहिलो पटक विश्वकप जित्दै स्पेनले १६ वर्षको उपाधि खडेरी अन्त्य गरेको हो।

यता, सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना भने लगातार दोस्रो पटक विश्व च्याम्पियन बन्ने लक्ष्य पूरा गर्न असफल रह्यो।

Back To Top
Modern Footer Design