काठमाडौं ।  आज २०८३ साल असोज १२ गते सोमबार, इस्वी संवत् २०२६ सेप्टेम्बर २८ हो। आज आश्विन कृष्णपक्ष द्वितीया तिथि तथा रेवती नक्षत्र रहेको छ। चन्द्रमा मीन राशिमा रहेको आजको दिन विभिन्न राशिका लागि मिश्रित फलदायी रहनेछ। ग्रह–नक्षत्रको प्रभावले कसैलाई आर्थिक लाभ र नयाँ अवसर मिल्नेछ भने केही राशिले काममा धैर्य र सावधानी अपनाउनुपर्ने देखिन्छ।

मेष: सुरुमा खर्च भए पनि दीर्घकालीन फाइदा हुने काममा लगानीको अवसर मिल्न सक्छ। पारिवारिक भेटघाटले मन प्रसन्न रहनेछ।

वृष: मेहनतअनुसार काममा सफलता मिल्नेछ। आम्दानीका नयाँ स्रोत भेटिन सक्छन् भने आर्थिक कारोबारमा भने सजग रहनु राम्रो हुनेछ।

मिथुन: सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। साथीभाइ तथा आफन्तको सहयोगले रोकिएका काम अघि बढाउन सकिनेछ।

कर्कट: पेसा–व्यवसायमा लाभको अवसर मिल्नेछ। जिम्मेवारी बढे पनि मेहनतको उचित प्रतिफल प्राप्त हुने देखिन्छ।

सिंह: काममा केही चुनौती आउन सक्छन्। धैर्यका साथ अघि बढ्दा दिउँसोपछि परिस्थितिमा सुधार आउनेछ।

कन्या: पारिवारिक साथ र सहयोग प्राप्त हुनेछ। रोकिएका काम अघि बढ्नेछन् भने आर्थिक विषयमा सोचविचार गरेर निर्णय लिनु उचित हुनेछ।

तुला: नयाँ अवसर प्राप्त हुने सम्भावना छ। मेहनतले लक्ष्य नजिक पुर्‍याउनेछ भने भौतिक सुख–सुविधा प्राप्त हुने योग छ।

वृश्चिक: परिवारको सहयोगले नयाँ काम अघि बढाउन सकिनेछ। चुनौतीपूर्ण काममा पनि सफलता प्राप्त गर्ने अवसर मिल्नेछ।

धनु: दिनको सुरुवातमा केही समस्या देखिए पनि पछि अवस्था अनुकूल बन्नेछ। रचनात्मक कामबाट लाभ लिन सकिनेछ।

मकर: चिताएको काम पूरा हुने सम्भावना छ। छोटो प्रयासबाट राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। बोली–व्यवहारमा संयम अपनाउनु राम्रो हुनेछ।

कुम्भ: लगनशीलताले सफलता दिलाउनेछ। आर्थिक लाभका साथै नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। साथीभाइबाट सहयोग मिल्नेछ।

मीन: प्रयास गर्दा नयाँ अवसर प्राप्त हुनेछन्। बोली र व्यवहारका कारण मानसम्मान बढ्नेछ भने आर्थिक पक्षसमेत सकारात्मक रहनेछ।

Back To Top
Modern Footer Design