उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
शनिबार साँझ इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका रामबहादुर कार्कीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो। तर, अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईँले जानकारी दिएका छन्। दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा नगरपालिका–११, ढिम्की निवासी दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
