सुनको मूल्य एकैदिन ३ हजारले बढ्यो, तोलाको कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो। आइतबार प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार बढेर २ लाख ८१ हजार ५ सय रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले उकालो लागेको छ। आइतबार ३ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ३ हजार ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ४ सय २५ रुपैयाँ पुगेको छ।

Back To Top
Modern Footer Design