काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । अघिल्लो दिन एकैपटक १३ हजार ३ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार भने प्रतितोला ५ हजार ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार प्रतितोला ३ हजार ९२० रुपैयाँ रहेको चाँदी शुक्रबार ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यससँगै अघिल्लो दिन उच्च दरले बढेको सुनचाँदीको मूल्यमा शुक्रबार केही राहत मिलेको छ ।
