तिहारपछि सुनको मूल्य १४ हजार १ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ।

यससँगै तिहारयता सुनको भाउ प्रतितोला १४ हजार १ सय रुपैयाँले घटेको छ। तिहारअघि गत सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ रहेको थियो। त्यसको तुलनामा आइतबार सुनको भाउ थप १ हजार ५ सय रुपैयाँ घटेको हो।

यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला १ सय रुपैयाँ घटेको छ। शुक्रबार ३ हजार ७ सय रुपैयाँ रहेको चाँदी आइतबार ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। तिहारयता चाँदीको मूल्य भने प्रतितोला २ सय ५५ रुपैयाँले घटेको छ। गत सोमबार चाँदी प्रतितोला ३ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

Back To Top
Modern Footer Design