बेपत्ता छोरीको खोजीमा दुहबीमा प्रदर्शन, प्रहरी कार्यालयअगाडि चक्काजाम

काठमाडौँ । सुनसरीको दुहबीमा बेपत्ता युवतीको अवस्था पत्ता लगाउन माग गर्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् ।

छोरी हराएको एक महिना बितिसक्दा पनि प्रहरीले जाहेरीका आधारमा प्रभावकारी अनुसन्धान नगरेको भन्दै उनीहरू इलाका प्रहरी कार्यालयअगाडि प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनका क्रममा स्थानीयले प्रहरी कार्यालयअगाडि टायर बालेर सडक अवरुद्ध गरेका थिए ।

दुहबी नगरपालिका–३ का रमेश यादवकी छोरीलाई दुहबी–९ का २० वर्षीय फयाज हुसेनले गत कात्तिक ७ गते भगाएर लगेको परिवारको आरोप छ । घटनाबारे परिवारले कात्तिक ८ गते नै प्रहरीमा ती युवकको हुलियासहित किटानी जाहेरी दिएको थियो । तर जाहेरी दिएको महिनादिन बित्दासमेत छोरीको अवस्था सार्वजनिक नभएको भन्दै परिवार र स्थानीयवासीले खोजी कार्य तीव्र बनाउन प्रहरीसँग माग गरेका छन् ।

Back To Top
Modern Footer Design