काठमाडौं । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–१० मा बस्दै आएका रूपन्देहीका ५१ वर्षीय राजकुमार भण्डारी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ मा बस्ने ओखलढुंगाका २९ वर्षीय सुरेश घिमिरे रहेका छन्। उनीहरूलाई शुक्रबार पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राजकुमार भण्डारीले न्युजिल्यान्ड पठाइदिने आश्वासन दिएर दुई जना पीडितबाट ३ लाख रुपैयाँ असुलेका थिए। त्यसैगरी सुरेश घिमिरेले पोर्चुगल पठाइदिने भन्दै एक जना पीडितबाट १८ लाख रुपैयाँ लिएपछि सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले अनुसन्धान गर्दै राजकुमारलाई तारकेश्वरबाट र सुरेशलाई काठमाडौं महानगरपालिका–७ बाट पक्राउ गरेको हो। दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
