काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य केही घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण गरिएको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढी हो। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम रहेको थियो।
यद्यपि, साप्ताहिक रूपमा हेर्दा सुनको मूल्य अझै घटेको देखिन्छ। गत बिहीबार प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य अहिले ७ हजार ३ सय रुपैयाँले घटेको हो।
त्यस्तै, चाँदीको मूल्यमा भने सामान्य कमी आएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ३२० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार १० रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। एक साताअघि चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।
