सुन र चाँदी दुवैको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार मंगलबारको तुलनामा सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले सस्तिएको हो। मंगलबार प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार घटेर ३ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६० हजार ७ सय १५ रुपैयाँ निर्धारण गरिएको छ। यता, चाँदीको मूल्य पनि प्रतितोला १६० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर ४ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

Back To Top
Modern Footer Design