आज १८५औँ विश्व फोटोग्राफी दिवस, देशभर विविध कार्यक्रम हुँदै

काठमाडौं । आज १८५औँ विश्व फोटोग्राफी दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। हरेक वर्ष अगस्ट १९ मा मनाइने यस दिवसका अवसरमा नेपालमा फोटोग्राफीसँग सम्बन्धित संघसंस्था तथा फोटोपत्रकारहरूले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्।

फोटोग्राफीप्रति रुचि राख्नेहरूलाई प्रोत्साहन गर्नुका साथै व्यावसायिक रूपमा यसै क्षेत्रमा आफ्नो करियर बनाएका व्यक्तिको योगदानको सम्मान गर्ने उद्देश्यले विश्व फोटोग्राफी दिवस मनाउने गरिन्छ। यस अवसरमा फोटो प्रदर्शनी, अन्तर्क्रिया, सम्मान तथा विभिन्न रचनात्मक कार्यक्रम आयोजना हुँदै आएका छन्। फोटोग्राफीको विकासक्रम र यसको महत्वलाई स्मरण गर्दै विश्वभर यो दिवस विशेष रूपमा मनाउने गरिन्छ। नेपालमा भने सन् २०१० देखि औपचारिक रूपमा विश्व फोटोग्राफी दिवस मनाउन थालिएको हो। त्यसयता नेपालमा फोटोपत्रकारिता तथा व्यावसायिक फोटोग्राफीको विकास र प्रवर्द्धनका लागि विभिन्न सचेतनामूलक, सिर्जनात्मक तथा सम्मानका कार्यक्रम हुँदै आएका छन्।

Back To Top
Modern Footer Design