कालीप्रसाद पराजुली सचिवमा बढुवा

काठमाडौँ । सरकारले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फ कार्यरत पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै पराजुलीको सचिवमा बढुवा भएको बताए।

Back To Top
Modern Footer Design