भन्सार छली ल्याइएका १७ लाख ५६ हजार रुपैयाँभन्दा बढीका सामान बरामद

काठमाडौँ। सशस्त्र प्रहरीको नियमित गस्ती टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छली ल्याएर राखिएका करिब १७ लाख ५६ हजार रुपैयाँ बराबरका मोबाइल पार्ट्स र कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट ६ लाख ९८ हजार ४५० रुपैयाँ बराबरका मोबाइल पार्ट्स बरामद गरेको हो। भारतबाट भन्सार नतिरी ल्याइएका ती सामान छाडेर दुई जना व्यक्ति फरार भएको प्रहरीले जनाएको छ। त्यस्तै, पकाहामैनपुर गाउँपालिका–५ सबैठास्थित एउटा गोठमा लुकाएर राखिएको अवस्थामा १० लाख ५८ हजार ५४० रुपैयाँ बराबरका कपडा पनि बरामद गरिएको छ। प्रहरीका अनुसार दुवै स्थानबाट बरामद भएका सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। बरामद सामानको कुल मूल्य १७ लाख ५६ हजार ९९० रुपैयाँ रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए।

Back To Top
Modern Footer Design