काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो। महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य ३ लाख २ हजार २ सय रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले उकालो लागेर ४ हजार ८ सय १५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला केही दिनयता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ तथा चाँदी ४ हजार ४ सय ४७ रुपैयाँमा कारोबार भएको महासंघको तथ्यांकमा उल्लेख छ।
