नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको हो।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने यसको मूल्य प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँ रहेको थियो। यसैगरी, मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ५५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार चाँदी प्रतितोला १ सय १५ रुपैयाँले घटेर ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

Back To Top
Modern Footer Design