सुनचाँदीको मूल्यमा फेरि वृद्धि

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। अघिल्लो दिन उल्लेख्य रूपमा बढेको सुनको भाउ मंगलबार पनि उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। सोमबार ३ हजार १ सय १० रुपैयाँ रहेको चाँदीको भाउ मंगलबार बढेर ३ हजार १ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔंस ३ हजार ६ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Back To Top
Modern Footer Design