काठमाडौं । नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली भू–भाग तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतः सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम मुख्यतः सफा रहनेछ। यद्यपि, रातिको समयमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको छ। बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै, बुधबार हिमाली क्षेत्रमा साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। अन्य क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ।
