आज मंगलबार, ८ मंसिर २०८३ अर्थात् २४ नोभेम्बर २०२६। ज्योतिषीय मान्यताअनुसार आज केही राशिका लागि आर्थिक तथा व्यावसायिक क्षेत्रमा लाभको अवसर देखिएको छ भने केही राशिले खर्च, पारिवारिक सम्बन्ध र निर्णयमा संयम अपनाउनुपर्ने देखिन्छ।

मेष आज बौद्धिक क्षमता र अभिव्यक्तिबाट नयाँ अवसर मिल्न सक्छ। आम्दानीका स्रोत बढ्ने तथा दिगो लाभ हुने योग छ। कामको दौडधुप बढे पनि सफलता हात पर्नेछ।

वृष आज भाग्योन्नतिको समय छ। व्यवसायमा लाभ तथा नयाँ कामको सुरुवातका लागि दिन अनुकूल देखिन्छ। अरूको भर पर्दा समस्या आउन सक्ने भएकाले सचेत रहनुहोला।

मिथुन व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ। खर्च बढ्ने र काममा केही आलस्य देखिन सक्छ। हठभन्दा संयमित व्यवहारले फाइदा पुर्‍याउनेछ।

कर्कट अध्ययन तथा काममा प्रगति हुनेछ। पहिलेका कमजोरी सुधार्ने अवसर मिल्नेछ। आफ्नै कमजोरीका कारण विवादमा पर्न सकिने भएकाले बोली–व्यवहारमा सावधानी अपनाउनुहोला।

सिंह व्यस्तता बढे पनि दिन उत्साहपूर्ण रहनेछ। सामाजिक गतिविधि तथा जमघटमा सहभागी हुने अवसर मिल्न सक्छ। नयाँ कामका लागि पनि राम्रो वातावरण बन्नेछ।

कन्या मेहनतबाट सम्मान र आर्थिक लाभ मिल्नेछ। नसोचेको ठाउँबाट आम्दानी हुन सक्छ। व्यावसायिक विस्तारका लागि यात्रा गर्नुपर्ने अवस्था आउन सक्छ।

तुला काममा सफलता पाउन थप मेहनत गर्नुपर्नेछ। भूमि तथा पैत्रिक सम्पत्तिबाट लाभ मिल्न सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्ने भएकाले आराममा ध्यान दिनु राम्रो हुनेछ।

वृश्चिक प्रतिस्पर्धीलाई पछि पार्दै आम्दानी बढाउन सकिनेछ। शुभ समाचार प्राप्त हुने सम्भावना छ। पारिवारिक समस्याको समाधान मिल्ने देखिए पनि विरोधीको गतिविधिबाट सचेत रहनुहोला।

धनु दिन शुभदायी रहनेछ। सहयोगीको साथले काममा सफलता मिल्नेछ। व्यवसाय तथा कृषिसम्बन्धी कामबाट लाभ मिल्न सक्छ। रोकिएको काम अघि बढ्ने सम्भावना छ।

मकर बोली तथा अभिव्यक्तिको प्रभाव बढ्नेछ। अध्ययन तथा सेवामूलक कामबाट लाभ मिल्न सक्छ। वैदेशिक क्षेत्रबाट पनि सामान्य फाइदा उठाउन सकिनेछ।

कुम्भ दिगो लाभ हुने कामको सुरुवात हुन सक्छ। व्यवसायमा आम्दानी बढ्ने सम्भावना छ। विगतका कमजोरी सुधार्ने अवसर मिल्नेछ। आर्थिक विषयमा भने चनाखो रहनुहोला।

मीन नयाँ कामको प्रस्ताव आउन सक्छ। आम्दानीका स्रोत बढाउने अवसर मिल्नेछ। तर प्राप्त आम्दानी बचत गर्न कठिन हुन सक्ने भएकाले खर्चमा संयम अपनाउनु राम्रो हुनेछ।

Back To Top
Modern Footer Design