काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार पनि सुनको मूल्य यही दरमा कायम थियो। यससँगै लगातार दोस्रो दिन सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन। महासंघका अनुसार बिहीबार १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ४ सय ६० रुपैयाँ निर्धारण गरिएको छ।
यता चाँदीको मूल्य पनि स्थिर रहेको छ। बुधबार प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कायम छ। यससँगै नेपाली बजारमा लगातार दोस्रो दिन सुन र चाँदी दुवैको मूल्यमा कुनै उतारचढाव देखिएको छैन।
