काठमाडौं । न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि उच्च अदालतका चार जना न्यायाधीशको नाम सिफारिस गरेको छ।
न्यायपरिषद् स्रोतका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा सिफारिस गरिएको हो। सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पद पूर्ति गर्ने प्रक्रियाअन्तर्गत न्यायपरिषद्ले चार जनाको नाम अघि बढाएको हो। अब सिफारिस भएका नामअनुसार नियुक्ति प्रक्रिया अघि बढ्नेछ।
