दाङ । बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ।
५० वर्षीय जोशी शुक्रबार दिउँसो खर काट्ने क्रममा भीरबाट लडेर चट्टानमा बजारिएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उद्धारका लागि हेलिकोप्टर बोलाइएको थियो। तर, हेलिकोप्टर घटनास्थलमा आइपुग्नुअघि नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जोशी लगातार दुई कार्यकाल वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट र २०७९ सालको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
