काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। अघिल्लो दिन सामान्य वृद्धि भएको सुनको भाउ शुक्रबार भने प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ रहेको थियो। यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला ३ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ८ सय २५ रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ५ रुपैयाँ कम हो।अन्तर्राष्ट्रिय बजारमा पनि आज सुन प्रतिऔंस ४ हजार १ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
