काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वसम्बन्धी विवरण तथा पार्टीका अन्य दस्ताबेज अद्यावधिक गर्ने प्रक्रिया अघि बढाएको छ।
यसैक्रममा कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोली सोमबार अपराह्न निर्वाचन आयोग पुगेको हो। टोलीले महाधिवेशनपछि परिवर्तन भएका पार्टीका विवरण र दस्ताबेज अद्यावधिक गर्न आयोगमा निवेदन दिएको छ। गत असोजमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। सोही महाधिवेशनबाट प्राप्त विवरणलाई आधिकारिक रूपमा अद्यावधिक गराउन कांग्रेसले आयोगमा प्रक्रिया अघि बढाएको हो।
