बारा। बारामा पटका पड्काउने क्रममा एक किशोर घाइते भएका छन्।
जितपुरसिमरा उपमहानगरपालिका–६ घुसुकपुर टेंढाका १६ वर्षीय अफ्ताब मियाँ देवान पटका पड्काउने क्रममा घाइते भएका हुन्।प्रहरीका अनुसार सोमबार बिहान हुनुअघि राति करिब साढे १० बजे आफ्नै घरको आँगनमा पटका पड्काउने क्रममा आगोले जलेपछि उनी घाइते भएका थिए।
पटका पड्किएर आगलागी हुँदा देवानको दुवै तिघ्रालगायत शरीरका विभिन्न भागमा जलन भएको प्रहरीले जनाएको छ। घाइते देवानलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ।
