काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ३ हजार ४९० रुपैयाँ रहेको चाँदी आज ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज सुन प्रतिदश ग्राम २ लाख २३ हजार ६८० रुपैयाँ तथा चाँदी प्रतिदश ग्राम २ हजार ८९८ रुपैयाँमा कारोबार भइरहेको छ ।
