काठमाडौं । आजको दिन केही राशिका लागि आर्थिक लाभ, करियरमा प्रगति तथा रोकिएका काम पूरा हुने योग रहेको छ भने केही राशिले खर्च र सम्बन्धका विषयमा संयमता अपनाउनुपर्ने देखिन्छ। हेर्नुहोस्, आजको राशिफल :
मेष कार्यक्षेत्रमा व्यस्तता बढ्न सक्छ। काममा धैर्य र संयमता अपनाउनुहोला। परिवार तथा सामाजिक सम्बन्धमा सुधार आउनेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा मन जानेछ।
वृष आर्थिक पक्ष बलियो रहनेछ। रोकिएका काम पूरा हुनेछन्। व्यापार–व्यवसायमा लाभ मिल्ने सम्भावना छ। अध्ययनमा पनि राम्रो प्रगति हुनेछ।
मिथुन काममा नयाँ अवसर प्राप्त हुन सक्छ। रोजगारी तथा करियरमा सकारात्मक परिवर्तनको सम्भावना छ। अग्रजको सुझावले फाइदा पुग्नेछ।
कर्कट सामाजिक तथा परोपकारी काममा रुचि बढ्नेछ। नयाँ व्यक्तिसँगको सम्पर्कले भविष्यमा फाइदा दिन सक्छ। व्यवसाय तथा लगानीमा सकारात्मक परिणाम मिल्नेछ।
सिंह आफन्तसँग सामान्य मतभेद हुन सक्छ। व्यापारमा ध्यान नदिँदा समस्या आउन सक्छ। प्रेम तथा पारिवारिक सम्बन्धमा संयमता अपनाउनुहोला।
कन्या व्यापारिक कामका लागि छोटो यात्रा हुन सक्छ। नयाँ प्रविधि तथा सिर्जनात्मक क्षेत्रमा सफलता मिल्नेछ। अध्ययन र लेखनमा रुचि बढ्नेछ।
तुला व्यापारबाट राम्रो आम्दानी हुने संकेत छ। रोकिएका काम टुंगिन सक्छन्। प्रतिस्पर्धामा सफलता हात पर्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ।
वृश्चिक आर्थिक लाभको अवसर मिल्न सक्छ। अध्ययन तथा व्यवसायमा सुधार आउनेछ। प्रेम सम्बन्धमा खुसीको वातावरण बन्नेछ।
धनु काममा केही अवरोध आउन सक्छन्। धैर्य र संयमका साथ अघि बढ्नुहोला। अनावश्यक खर्च बढ्न सक्छ। धार्मिक तथा सामाजिक गतिविधिमा रुचि बढ्नेछ।
मकर साहस र आत्मविश्वास बढ्नेछ। रोकिएका काम पूरा गर्न सकिनेछ। लेखन तथा सिर्जनात्मक क्षेत्रमा सफलता मिल्नेछ।
कुम्भ अध्ययन तथा करियरमा प्रगति हुनेछ। आम्दानी बढ्ने सम्भावना छ। परिवारमा आपसी समझदारी बढ्नेछ। नयाँ काम सुरु गर्न दिन सकारात्मक रहनेछ।
मीन अध्ययनमा सफलता मिल्नेछ। परिवारसँग रमाइलो वातावरणमा समय बित्नेछ। मेहनतअनुसार काममा सफलता प्राप्त हुनेछ। व्यापारमा नयाँ अवसर मिल्नेछ।
