लगातार चौथो दिन सेयर बजार घट्यो

काठमाडौँ । लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ। कारोबार रकममा पनि कमी देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ६.३१ अंकले घटेर २७०५.४५ बिन्दुमा बन्द भएको छ। यसअघि पनि लगातार तीन दिन बजार घटेको थियो। सोमबार नेप्से १२.२६ अंकले घटेको थियो भने त्यसअघि पनि दुई दिन लगातार गिरावट आएको थियो। मंगलबार बजारमा कुल ४ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिन सोमबारको ३ अर्ब ९८ करोड रुपैयाँको कारोबारभन्दा केही बढी हो। कारोबारमा आएका कम्पनीमध्ये ८० कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।

Back To Top
Modern Footer Design