केप भर्डेमाथि संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौँ । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेलाई ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

मियामी स्टेडियममा शनिबार बिहान भएको निकै प्रतिस्पर्धात्मक खेल निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा दुवै टोलीले गोल गरे पनि अन्ततः केप भर्डेको आत्मघाती गोल अर्जेन्टिनाको जितको निर्णायक बन्यो। अर्जेन्टिनाले २९औं मिनेटमा कप्तान लियोनल मेसीको गोलमार्फत अग्रता लिएको थियो। तर, ५९औं मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई खेलमा फर्काए र निर्धारित समय १–१ को बराबरीमा समाप्त भयो।

अतिरिक्त समय सुरु भएको दोस्रो मिनेटमै लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। त्यसको ११ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट प्रहारमार्फत केप भर्डेलाई दोस्रोपटक बराबरीमा पुर्‍याए। खेल अतिरिक्त समयको अन्त्यतिर पुग्दा १११औं मिनेटमा डाइनी बोर्जेसबाट भएको आत्मघाती गोलले खेलको नतिजा अर्जेन्टिनाको पक्षमा मोडियो। त्यसपछि थप गोल हुन नसक्दा अर्जेन्टिनाले ३–२ को रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा आफ्नो स्थान पक्का गर्‍यो।

Back To Top
Modern Footer Design