रौतहट । रौतहटको राजपुर नगरपालिका–३ स्थित डमारबाट फुतवा जाने सडक छेउको नहरमा एक युवतीको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता (बसन्त गौतम)का अनुसार मृतक परोहा नगरपालिका–५ निवासी २४ वर्षीया मुस्कान खातुन हुन्।
बिहीबार बिहान स्थानीयवासीले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिई पोस्टमार्टमका लागि ८८प्रादेशिक अस्पताल गौर पठाएको जनाएको छ। प्रहरीका अनुसार घटनाको वास्तविक कारण खुल्न बाँकी रहेकाले यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ।
