काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले घट्दै २ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको हो।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ रहेको थियो। त्यस्तै, गत मंगलबार भने सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यता, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ। सोमबार प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदीको मूल्य यस दिन घटेर ४ हजार ३१० रुपैयाँमा झरेको हो। गत बिहीबार भने चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।
