काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्ने क्रम बुधबार पनि रोकिएन।
यस दिन सुनको भाउ प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेर तीन लाख रुपैयाँभन्दा तल झरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ मा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँ मा किनबेच भएको थियो।
मंगलबार पनि सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको थियो। त्यसको भोलिपल्ट भने सुनको मूल्यमा ठूलो गिरावट आएको हो। यसैगरी, चाँदीको मूल्यसमेत बुधबार घटेको छ। मंगलबार प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ रहेको चाँदी बुधबार ४ हजार ५ सय ८० रुपैयाँ मा कारोबार भइरहेको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ८५ रुपैयाँले घटेको हो। अन्तर्राष्ट्रिय बजारमा भने बुधबार सुन प्रतिऔंस ४ हजार ३ सय ५ अमेरिकी डलर मा कारोबार भइरहेको छ।
