१० दिनपछि सुरुङबाट जीवितै उद्धार हुने पहिलो व्यक्ति सञ्जय साह को हुन् ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।

शुक्रबार बिहान उद्धार गरिएका व्यक्ति सञ्जय साह हुन्। उनी नेपाल विद्युत् प्राधिकरणमा चौथो तहमा कार्यरत कर्मचारी रहेको बताइएको छ। बाढी आउनुअघि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा मर्मतसम्भारको काम भइरहेको थियो। सोही क्रममा साह पनि आयोजनास्थल पुगेको हुनसक्ने बताइएको छ। भोटेकोशीमा १० भदौमा आएको बाढीपछि सुरुङभित्र फसेका साहलाई उद्धार टोलीले १० दिनपछि सकुशल बाहिर निकाल्न सफल भएको हो। बाढीका कारण सुरुङभित्र फसेका व्यक्तिमध्ये जीवितै उद्धार गरिएका उनी पहिलो व्यक्ति हुन्।

Back To Top
Modern Footer Design