काठमाडौँ। आज वि.सं. २०८३ भदौ २३ गते मंगलबार, भाद्र कृष्ण पक्षको द्वादशी तिथि रहेको छ। दिउँसो १ः४८ बजेपछि त्रयोदशी तिथि लाग्नेछ। आज तिष्य नक्षत्र, परिघ योग र कर्कट राशिमा चन्द्रमा रहेको छ।
मेष: रोकिएका काम अघि बढ्नेछन्। कार्यक्षेत्रमा मेहनतअनुसार उपलब्धि मिल्नेछ। आर्थिक निर्णयमा भने हतार नगर्नु राम्रो हुनेछ।
वृष: जिम्मेवारी बढ्न सक्छ। पुराना कामबाट राम्रो परिणाम प्राप्त हुने सम्भावना छ। अनावश्यक खर्च नियन्त्रण गर्नुहोला।
मिथुन: महत्वपूर्ण छलफलमा आफ्नो पक्ष बलियो बनाउन सकिनेछ। नयाँ योजना र अध्ययनका लागि दिन अनुकूल रहनेछ।
कर्कट: पारिवारिक विषयमा बढी समय दिनुपर्ने हुन सक्छ। घर तथा सम्पत्तिसम्बन्धी काममा सकारात्मक प्रगति हुनेछ।
सिंह: नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा प्रशंसा तथा आर्थिक लाभ प्राप्त हुने सम्भावना छ।
कन्या: योजनाबद्ध रूपमा अघि बढ्दा सफलता मिल्नेछ। कागजी काम तथा हिसाबकिताबमा विशेष ध्यान दिनुहोला।
तुला: सहकार्य र साझेदारीबाट लाभ मिल्नेछ। सामाजिक सम्बन्ध विस्तार हुने तथा नयाँ अवसर प्राप्त हुने सम्भावना छ।
वृश्चिक: चुनौतीपूर्ण काम पूरा गर्न सकिनेछ। आर्थिक कारोबारमा सावधानी अपनाउनुहोस्। रिस र आवेग नियन्त्रण गर्नु राम्रो हुनेछ।
धनु: अध्ययन, तालिम तथा नयाँ सीप सिक्न दिन अनुकूल छ। अनुभवी व्यक्तिको सुझावबाट फाइदा लिन सकिनेछ।
मकर: नयाँ कामको प्रस्ताव आउन सक्छ। मेहनत र लगनशीलताले आर्थिक लाभसँगै उपलब्धि दिलाउनेछ।
कुम्भ: नयाँ विचारलाई व्यवहारमा उतार्ने अवसर मिल्नेछ। व्यापार तथा रोजगारीमा सकारात्मक परिवर्तनको सम्भावना छ।
मीन: अधुरा काम पूरा गर्ने अवसर मिल्नेछ। आर्थिक रूपमा रोकिएको रकम प्राप्त हुन सक्छ। स्वास्थ्यका लागि पर्याप्त आराम आवश्यक छ।
