बाजुरा । बाजुरामा खोला तर्ने क्रममा एक किशोर बगेर बेपत्ता भएका छन्।
जगन्नाथ गाउँपालिका–३ का करिब १६–१७ वर्षीय अनुज सिंह मंगलबार दिउँसो बाख्रा चराउन गएका बेला कालसिङ्गे खोला तर्ने क्रममा बगेका हुन्। घटनाबारे स्थानीय खडक भण्डारीले प्रहरी चौकी जुड्डीमा खबर गरेका थिए। जानकारी पाएलगत्तै प्रहरीले खोजी सुरु गरेको छ। प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको नेतृत्वमा प्रहरीको तीन जनाको टोली र सशस्त्र प्रहरी बलको विपद् उद्धार टोलीका सात जना गरी १० जनाको टोलीले बेपत्ता किशोरको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
