सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला ३ लाख १ हजार

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको हो। बुधबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ९ सय ४४ रुपैयाँ निर्धारण गरिएको छ। बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य प्रतितोला २ सय ५५ रुपैयाँले घटेको हो। बुधबार चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

Back To Top
Modern Footer Design