काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेर ३ लाख १ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको छ। सोमबार ४ हजार ६ सय २० रुपैयाँ रहेको चाँदीको भाउ मंगलबार ४ हजार ६ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ।

Back To Top
Modern Footer Design