सुनको मूल्य एकैदिन ३६ सयले उकालो, चाँदी पनि बढ्यो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार यसको मूल्य २ लाख ९९ हजार ५ सय रुपैयाँ थियो। यस्तै, चाँदीको भाउ पनि प्रतितोला १ सय ५० रुपैयाँले बढेको छ। बिहीबार ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। यससँगै नेपाली बजारमा सुनको मूल्य पुनः ३ लाख रुपैयाँभन्दा माथि पुगेको छ।

Back To Top
Modern Footer Design