सुनको मूल्यमा वृद्धि, प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा पुनः वृद्धि भएको छ। आइतबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेको हो। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको छ।

Back To Top
Modern Footer Design