सुनको मूल्य ३ लाखमुनि झर्‍यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँभन्दा तल झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ६ सय ५० रुपैयाँमा झरेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

Back To Top
Modern Footer Design