हिम्लुङ हिमपहिरोमा थप ३ शव भेटिए, ९ जना अझै बेपत्ता

काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ क्षेत्रमा गएको हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ। असोज ११ गते आएको हिमपहिरोमा पुरिएका थप तीन जनाको शव सुरक्षाकर्मीले फेला पारेका हुन्।

फेला परेका तीनवटै शव हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। हिमपहिरोमा परेका थप ९ जना भने अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य जारी रहेको मनाङकी डीएसपी कोपिला चुडालले जानकारी दिएकी छन्। हिमपहिरोमा परी मृत्यु हुनेमा सङ्खुवासभाका क्षेदी भोटे र पासाङ भोटे, गोरखाका वीरेन्द्र गुरुङ र आसमान गुरुङ, खोटाङका घनश्याम राई र सुरज राई तथा रुकुमका कमल बुढा रहेका छन्। मृतकमध्ये तीन जनाको शव परिवारले बुझिसकेका छन्। बाँकी सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

Back To Top
Modern Footer Design