मेलानिया ट्रम्पको पहलमा रुस–युक्रेन वार्ताको तयारी, अक्टोबर २७ देखि युद्धविराम हुने दाबी

रुस । रुस र युक्रेन युद्धविराम तथा शान्ति वार्ताका लागि तयार भएका छन् । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा दुवै पक्षबीच सहमति जुटेको समाचारमा उल्लेख छ ।

समाचारअनुसार रुसको नियन्त्रणमा रहेको युक्रेनी सहर ओलेस्कीमा युद्धविराम गर्ने र आगामी महिना शान्ति वार्ताको नयाँ चरण सुरु गर्ने विषयमा दुवै पक्ष सहमत भएका हुन् । दुवै पक्षले अक्टोबर २७ देखि युद्धविराम लागू हुने जनाएका छन् । यसबाट मानवीय सहायता पुर्‍याउन तथा मानवीय करिडोरमार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सहज हुने अपेक्षा गरिएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार आगामी केही साताभित्र संयुक्त वार्ता आबुधाबी वा स्विट्जरल्यान्डमा हुन सक्ने सम्भावना छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि वार्ताकारहरू अर्को महिना छलफलको नयाँ चरणका लागि भेट्ने बताएका छन् । यद्यपि, युद्धविराम कार्यान्वयन र शान्ति वार्ताबाट ठोस सहमति जुट्ने विषयमा थप आधिकारिक विवरण आवश्यक छ ।

Back To Top
Modern Footer Design