एनपीएल खेल्न पाकिस्तानी कप्तान साहिबजादा फरहान काठमाडौँमा

काठमाडौँ । पाकिस्तानका ब्याटर तथा टी–२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौँ आइपुगेका छन् ।

फरहान एनपीएलको तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्न नेपाल आएका हुन् । उनको आगमनसँगै प्रतियोगितामा कर्णाली याक्सको प्रदर्शनलाई लिएर क्रिकेट समर्थकको चासो थप बढ्ने अपेक्षा गरिएको छ । नेपाल क्रिकेटको प्रमुख प्रतियोगिताका रूपमा रहेको एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने तालिका छ । प्रतियोगितामा विभिन्न टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

Back To Top
Modern Footer Design