सुन बढ्दा चाँदीको मूल्य घट्यो, यस्तो छ आजको भाउ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा फरक–फरक परिवर्तन देखिएको छ। सुनको भाउ बढ्दा चाँदीको मूल्य भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यता, चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले घटेको छ। बुधबार ३ हजार ९८० रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार घटेर प्रतितोला ३ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ४३ हजार ५५ रुपैयाँ र चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ३६९ रुपैयाँ निर्धारण गरिएको छ। यससँगै बिहीबार बजारमा सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको भाउमा गिरावट आएको छ।

Back To Top
Modern Footer Design