देशभर मौसममा क्रमिक सुधार हुँदै, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसममा क्रमशः सुधार देखिन थालेको छ ।

महाशाखाले दिएको जानकारीअनुसार हाल कोशी, बागमती र मधेश प्रदेशमा सामान्यतया बादल लागेको छ । त्यस्तै, अन्य प्रदेशमा आंशिक बदली रहेको छ ।केही समयदेखि देशका विभिन्न स्थानमा सक्रिय रहेको मौसमी प्रणाली कमजोर हुँदै जाँदा मौसममा क्रमिक सुधार आएको महाशाखाले जनाएको छ ।

Back To Top
Modern Footer Design