एकैदिन सुनको मूल्य ८ हजार ३ सय रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ। आइतबार सुनको भाउ प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। जबकि अघिल्लो दिन सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटको असर नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला १७५ रुपैयाँले सस्तिएर ३ हजार ६५० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ८२५ रुपैयाँ थियो। पछिल्लो मूल्य घटेसँगै सुनचाँदी किन्ने तयारीमा रहेका ग्राहकलाई केही राहत मिलेको छ।

Back To Top
Modern Footer Design