घटेको भोलिपल्टै सुनको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा अघिल्लो दिन उल्लेख्य रूपमा घटेको सुनको मूल्य सोमबार पुनः बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला २ हजार ३०० रुपैयाँले उकालो लागेको हो। महासंघले सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ तोकेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो। आइतबार मात्रै सुनको मूल्य एकैदिन ८ हजार ३०० रुपैयाँले घटेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार चाँदी प्रतितोला ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन ठूलो गिरावट आएको सुनचाँदीको मूल्यमा सोमबार पुनः वृद्धि भएपछि बजारमा मूल्यको उतारचढाव कायमै देखिएको छ।

Back To Top
Modern Footer Design