काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो। यससँगै सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य भने प्रतितोला ४५ रुपैयाँले घटेको छ। सोमबार ३ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर प्रतितोला ३ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
