काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आह्वानमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक केहीबेरअघि सुरु भएको हो।
करिब दुई सातापछि मन्त्रिपरिषद्को बैठक बसेको हो। प्रधानमन्त्री शाहको अध्यक्षतामा जारी बैठकमा समसामयिक विषय तथा सरकारका कामकारबाहीबारे छलफल हुने जनाइएको छ।
