सिरहामा डेढ लाख रुपैयाँ बराबरका पटाका नष्ट

जनकपुरधाम । सिरहा प्रहरीले विभिन्न समयमा बरामद गरेका करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका पटाकाजन्य सामग्री नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहतका प्रहरी इकाइहरूले विभिन्न कारबाहीका क्रममा नियन्त्रणमा लिएका पटाकाहरू नष्ट गरिएको हो। प्रहरीले बरामद गरिएका पटाकाजन्य सामग्री सिरहा नगरपालिका–६ स्थित कमला नदीको किनारमा खाल्डो खनेर पुरेको जनाएको छ।

स्थानीयवासी तथा सञ्चारकर्मीको रोहवरमा बरामद सामग्री नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।

चाडपर्वको समयमा पटाकाको अवैध ओसारपसार, बिक्री वितरण तथा प्रयोग बढ्दा आगलागी तथा अन्य दुर्घटनाको जोखिम हुनसक्ने भन्दै प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाउँदै आएको जनाएको छ।

प्रहरीले अवैध रूपमा पटाका भित्र्याउने, बिक्री गर्ने तथा प्रयोग गर्ने कार्य नियन्त्रणका लागि आवश्यक कारबाहीलाई निरन्तरता दिने बताएको छ।

Back To Top
Modern Footer Design